काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै, थप २३२ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ जना रहेका छन् ।
प्रतिक्रिया