राजनीति

एमालेको अवरोधकाबीच संसद सञ्चालन गराएको भन्दै प्रेम सुवालले जनाए आपत्ति


काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला संसद सूचारु गराएको भन्दै आपत्ति जनाउनु भएको छ ।

मंगलबार एमालेका अवरोधका बीच सभामुख अग्नीप्रसाद सापकोटाले संसदको कार्यसूचि अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाउनु भएको हो । त्यस अवसरमा उहाँले संसद अवरोधकै बेला एमसीसीजस्तो देशघाती सम्झौंता पारित गर्ने काम गर्न नहुनेतर्फ पनि सभामुख सापकोटाको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सो सम्झौंता देशघाती भएको भन्दै खारेज गर्न पनि माग गर्नु भयो ।

बैठकमा एमालेका सांसदहरुले पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायतका चर्का नाराबाजी गर्दै संसदको वेलमा गएर सभामुख सापकोटाविरुद्ध नाराबाजी गरेका थिए ।