काठमाडौँ – केही दिनदेखि लगातार घटेको सेयर बजार मंगलवार भने उच्च अंकले बढेको छ । मंगलबार सेयर बजार नेप्से परिसूचक ५६ दशमलव ७३ अंकले बढेर २ हजार ४१२ दशमलव ३६ विन्दुमा पुगेको हो ।
त्यस्तै आज सबै उपसमुहरु बढेका छन् । यसदिन २२६ कम्पनीका ४९ लाख ७४ हजार २५३ सेयर किनबेच हुँदा दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८७४ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज सबैभन्दा धेरै हिमालयन डिस्टीलरी लिमिटेड १४ करोड ५८ लाख ६९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नबिल बैंकको १४ करोड १८ लाख ४ हजार, नेपाल दूर सञ्चार कम्पनीको दश करोड ३९ लाख ३८ हजार, मञ्जुश्री फाइन्नास कम्पनीको सात करोड ५५ लाख ६५ हजार र एनएमबि बैंकको ६ करोड ४८ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्रीनलाइफ डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै गुरास फाइन्नास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै आठ दशमलव ८९ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया