राजनीति

माधव नेपालले भने : संसदमा मेरो उपस्थितिले केपीको सातो गयो


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सातो गएको दाबी गरेका हुन् । आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाव रहेको भन्दै उनले भने, ‘।

म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ । कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि १ सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।’