राजनीति

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी



काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औँ अधिवेशनको दोस्रो बैठकमा अहिले नाराबाजी गरिरहेका हुन्