राजनीति

माओवादी केन्द्रको वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)वागमती प्रदेश समितिको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पारजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

गौतम लाई ७६ भोटले उछिन्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन । जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए । गौतमले ८६ मत ल्याए । अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन भएको थियो । प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मदतदान गरेका थिए ।

उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् ।त्यसैगरी सचिवमा काभ्रेका इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ निर्वाचित भए। यनी रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै निर्वाचित भएका हुन्। थिङले १४९ मत ल्याउँदा प्रतिस्पर्धी अधिकारीले ७८ तथा डंगोलले १४ मत पाए।