राजनीति

रातारात केपी ओली रुपन्देहीमा, यस्तो छ कारण



काठमाण्डौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार राती रुपन्देही पुगेका छन् ।

सोमबार राती यति एयरलाइन्सको विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै ८ बजे भैरहवा पुगेर एक होटलमा बास बसेका छन् । आज दिउँसो कपिलवस्तुको बहादुरगन्जमा पुराना नेता मंगलप्रसाद गुप्तासहित ठूलो संख्यामा एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली रुपन्देही पुगेका हुन् ।

पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलबस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार थिए ।