राजनीति

कांग्रेसको नतिजा आउने क्रम जारी, महिला, अल्पसंख्यक, प्रदेश एक र अपाङ्गतातर्फ कसले जित्यो ?


काठमाण्डौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तरगत खुला महिलातर्फ, अल्पसंख्यक र प्रदेश एकको खुला केन्द्रीय सदस्तर्फको नतिजा आएको छ । सोमबार साँझ नतिजा सार्वजनिक भएका हो । मतगणनाअनुसार डा. डिला संग्रौला सबैभन्दा धेरै मत ल्याएर विजयी भएकी छिन् ।

उनले २८ सय ८५ मत ल्याइन भने दोस्रो स्थानमा रहेर विजयी भएकी पुष्पा भुसालले २७ सय १८ मत ल्याइन् । तेस्रो स्थामा रहेकी डा. आरजु राणा देउवाले २५ सय ३६ मत ल्याएकी छिन् । विजयी हुने अन्य नेतृहरुमा अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला, सुशीला ढकाल र रंगमती शाही रहेका छन् । थारुतर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ ।त्यसैगरी अल्पसंख्यकतर्फ प्रदीपकुमार सुनुवार केन्द्रीय कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन् ।

उनले सबैभन्दा धेरै २ हजार १७१ मत पाएर विजयी भएका हुन् । प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् । त्यसैगरी अपाङ्गतातर्फ मदनकृष्ण श्रेष्ठ विजयी भएका छन् । १२ जना उम्मेदवारमध्ये उनले सर्वाधिक १६ सय ४० मत ल्याएर जितेका हुन् ।