राजनीति

रक्षा मन्त्री रिजालको राजीनामा स्वीकृत, प्रधानमन्त्री देउवालाई जिम्मेवारी


काठमाडौँ – रक्षामन्त्री डा. मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गर्नुभएको हो । रिजालको राजीनामा स्वीकृतिपछि रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ । नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएपछि रिजालले यही पुस १ गते प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुभएको थियो ।

उहाँले महाधिवेशनमा अनुमोदित हुन नसकेको अवस्थामा नैतिक रुपमा पदमा रहिरहन उचित नहुने बताउनुभएको हो ।