काठमाडौँ – तीन दिनपछि खुलेको शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।
सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो । शेयर बजार पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ । आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ अंकमा झरेको छ ।
सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया