खेलकुद

प्रदेश २ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सर्लाहीको ईश्वरपुरमा सुरु


काठमाडौँ – एक लाख धनराशी पुरस्कारको प्रदेश नं २ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सर्लाहीको ईश्वरपुरमा सुरु भएको छ ।

प्रतियोगितामा प्रदेश नं २ का ८ जिल्ला र घरेलु जिल्ला सर्लाहीका १० वटा टोलीले सहभागीता जनाएका छन् । ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रतियोगिता १५ दिनसम्म चल्ने छ । प्रतियोगिताको ईश्वरपुर नगरपालिका स्थित खेल मैदानमा एक समारोहका बीच मेयर मनोज देवकोटा र उपमेयर एकावती देवी चौधरीले संयुक्तरूपमा बलिङ र ब्याटिङ गरेर उद्घाटन गरेका हुन ।

उद्घाटन खेलमा सर्लाहीको सिसौटिया टिमलाई हराउँदै महोत्तरीको टिम विजेता बनेका छन् ।