राजनीति

महिला केन्द्रीय सदस्यमा डिला संग्रौला पहिलो स्थानमा हुँदा, आरजु तेस्रोमा


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतगणना अन्तर्गत महिलाको खुला केन्द्रीय सदस्य पदमा डिला संग्रौला अग्र स्थानमा रहेकी छिन् । अहिलेसम्म १३६४ मत गणना हुँदा ८२५ मतसहित उनी पहिलो स्थानमा छिन् ।

पुष्पा भुसाल ८०२ मतसहित दोस्रो, आरजु राणा ७२८, अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाएकी छन् । खुला तर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

सोमबार विभिन्न क्लस्टर र क्षेत्रका केन्द्रीय सदस्य पदको उम्मेदवारको मतगणना भइरहेको छ । महिलातर्फका खुला केन्द्रीय सदस्यको मतगणना आइतबार नै शुरु भएको थियो । सोमबार विहानदेखि मधेसीतर्फका महिला र पुरुष, थारुतर्फका महिला र पुरुष, मुस्लिम तर्फका महिला र पुरुष, प्रदेश १ र वागमती प्रदेशको केन्द्रीय सदस्य पदको मतगणना भइरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।