राजनीति

एमालेको विरोधपछि राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित


काठमाडौँ — राष्ट्रिय सभा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै रहेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार १ बजे बसेको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदहरूले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटकपटक आग्रह गरेका थिए ।