राजनीति

सुनको मूल्यमा वृद्धि


काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको भाउ बृद्धि भएको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ । 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो । आइतबार ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९३ हजार ८०० रुपैयाँ पुगेको छ । 

यसैगरी तेजावी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार थियो भने आज ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ भने हिजोकै मूल्यमा अर्थात एक हजार २४५ रुपैयाँमा कारोबार हुनेछ ।