राजनीति

प्रदेश १ र बागमतीमा निर्वाचनबाटै नेतृत्व चयन गर्न प्रचण्डको निर्देशन


काठमाडौँ – नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल बनेको छ । सहमति नजुटेपछि निर्वाचनबाटै नेतृत्व चयन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ ।

माओवादी केन्द्रको प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका आकांक्षी धेरै हुँदा सहमति जुटाउन समस्या भएको । मंसिर २५ र २६ गतेको प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयन हुन सकेको छैन । बागमती प्रदेशमा पनि २७१ सदस्यीय कार्यसमिति चयन गरिए पनि अध्यक्षसहितको पदाधिकारी टुंगो लाग्न सकेको छैन ।