राजनीति

प्रवत्ताबाट हटे शर्मा, बाइटको सन्दर्भमा जहिले उपलब्ध हुने प्रतिबद्धता


काठमाडौँ – नेपाली कांग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेको बताएका छन् । शर्माले आज पत्रकारहरु बीच कुरा गर्दै आफू प्रवक्ताको जिम्मेवारीबाट हटेको बताएका हुन् ।

“जिम्मेवारीमा अर्को प्रवक्ता आउनुहुन्छ । उहाँको भूमिकालाई बढावा दिनुपर्छ,” उनले भने,“त्यो बेलामा साथीहरुलाई असुविधा हुन सक्छ । सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुन्छु । प्रवक्ता हुँदा धेरै सञ्चारमाध्यमले बोलाएका बेला सकेसम्म उपलब्ध भएँ ।”