समाचार

क्रिसमसको यात्राले ओमिक्रोन फैलाउने विज्ञको चेतावनी


काठमाडौँ – क्रिसमसका बेला हुने यात्राले कोभिडको नयाँ भेरिअन्ट फैलाउने अमेरिकी विज्ञको चेतावनी दिएका छन् । क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी संक्रामक रोगविज्ञले बताएका हुन् ।

डा.एन्थोनी फाउचीले ओमिक्रोन फैलनतर्फ सचेत हुनुपर्ने औल्याएका हुन् । महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल विश्वभर फैलिरहेको बताए । कोरोनाको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौँ राष्ट्रहरूले कडा नियमहरू लागु गर्दैछन् ।

युरोपमा फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लागु गरेका छन् । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ ।