राजनीति

खुला महिला सदस्यहरुको मतगणना जारी


काठमाडौँ – नेपाली कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणना जारी रहेको छ । आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू गरिएको हो ।

निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको छ । बाँकी मत आज गणना गरिसकिने समितिले बताएको छ । खुला महिलातर्फ ९ जना निर्वाचित हुने छन् । जसमा ३० जना प्रतिष्पर्धामा रहेका छन् । मधेशीकोटाबाट चार जना सदस्य पनि आजै निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।