राजनीति

संसद् अवरुद्ध गर्नु सर्वोच्चको फैसलाविपरीत : माधव नेपाल


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) ले सर्वोच्च अदालतको फैसलाविपरीत संसद् अवरुद्ध पारेको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले केपी ओली अदालतको सो फैसलालाई मान्य पक्षमा नरहेको दावी समेत गरे । उनले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई चुनौती दिने काम गरेको दाबी समेत गरे ।

नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस दिँदै संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने दोहोर्‍याए । उनले भने, ‘जुन व्यक्तिले विधि विधान मान्दैन । अदालतमा विचाराधीन मुद्दामाथि बहस गर्न पाइँदैन । संसद्‌मा छलफल गर्न पाइँदैन । उही ठूल्ठूलो स्वरले चिच्याइरहेको सुनिन्छ ।’