राजनीति

सर्वदलीय बैठकमा गगन पहिलो पटक सहभागी


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा पहिलो पटक कांग्रेस नेता गगन थापा पनि सहभागी भएका छन्।

काठमाडौँमा सम्पन्न १४औँ महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा निर्वाचित थापा बालुवाटारमा जारी सर्वदलीय बैठकमा सहभागी भएका हुन् ।

यो बैठकमा पूर्व अर्थमन्त्री एवम् कांग्रेस नेता डा. रामशरण महतलाई पनि सहभागी गराइएको छ । महत दातृ निकायहरुसँग राम्रो सम्बन्ध भएका नेतामा पर्छन् । गत भदौ २३ देखि संसदमा जारी गतिरोध अन्त्य र एमसीसीसहितका विषयमा छलफलका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बोलाएका हुन् ।