राजनीति

माओवादी प्रदेश २ अधिवेशन : २७१ सदस्यीय कमिटी बनाउने घोषणा


काठमाडौँ — नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न भएको छ । डेढ साताअघि जनकपुरधाममा उद्घाटनसत्र भएकोमा सर्लाहीको लालबन्दीमा शनिबारदेखि चलेको बन्दसत्रबाट अध्यक्ष र पदाधिकारीबिनै २७१ सदस्यीय प्रदेश कमिटी गठन गर्ने निर्णय भएको हो । जसअनुसार अब पुस २० मा घोषणा सभा कमिटीको सार्वजनिक गरिनेछ ।

पुस ११ गते हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि प्रदेश २ को विवाद समाधान हुने सम्भावना नदेखिएपछि प्रदेश २ का ८ वटै जिल्लालाई २२ देखि १७ जना प्रतिनिधिको नाम सिफारिस गर्न भनिएको छ । जिल्लाले सर्वसम्मतरुपमा सिफारिस गरिएका नेताहरुको नामावली अनुसार नै पुस २० मा घोषणा सभा आयोजना गरी प्रदेश २ मा २७१ सदस्यीय पदाधिकारीसहित कार्यसमिति घोषणा गरिने उनले बताए ।

प्रदेश २ को अध्यक्ष पदका लागि रामकुमार शर्मा, श्रवण यादव, अशोक साह, अजय शंकर नायक र दिलिप साहलगायतका दावेदार छन् । अध्यक्षमा यसमध्ये एकजनामा सहमति बनाउन प्रयास भएको थियो ।

२० गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा सभाबाट सो कार्यसमिति घोषणा गर्नेछन् । नेता मातृकाप्रसाद यादव र नारायणकाजी श्रेष्ठ गरी दुई समूह आ–आफ्नै अडानमा रहेपछि नेतृत्वको निर्क्यौल निस्कन नसकेको हो ।