राजनीति

बालुवाटारबाट बाहिरिए माधव नेपाल


काठमाडौँ — बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको केही बेरमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन भन्दै बैठकस्थलबाट बाहिरिएका हुन् । अध्यक्ष नेपाल बाहिरिए पनि अर्का नेता झलनाथ खनाल बैठकमा छन् ।