राजनीति

‘टप टेन’ मत ल्याउने काँग्रेस खुला सदस्यका उम्मेदवार (सूचिसहित)


काठमाडौँ — नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको २९९३ मतगणना सकिँदा डा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनले २४४२ मत पाएका हुन् । यस्तै एनपी साउद दोस्रो, बालकृष्ण खाँण तेस्रो, उदयशमशेर राणा चौथो तथा रमेश लेखक पाचौँ स्थानमा रहेका छन् ।

यस्तै शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी र जीपछिरिङ लामाले क्रमशः छैटौं, सातौँ, आठौँ, नवौँ र दशौँ सर्वाधिक मत पाएका छन् ।