समाचार

खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकियो, कसको कति मत ? (सूचीसहित)


काठमाडौँ — नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २ हजार ९९३ मतगणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २ हजार ४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १ हजार ८९६ मत पाएका छन् । काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो।