राजनीति

सुरु भयो सत्तारुढ गठबन्धनको बैठक


काठमाडौँ — प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने भएपछि त्यसको तयारीका लागि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो । यो बैठकले प्रधानमन्त्रीद्वारा बोलाइएको सर्वदलीय बैठकमा प्रस्तुत हुने रणनीतिबारे तयारी गर्ने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका प्रतिनिधि पनि सहभागी छन् ।