राजनीति

सर्वदलीय बैठक बस्नुअघि एसका नेताहरुबीच एमसीसीबारे छलफल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयमा छलफल गरेका छन् । आइतबार बिहान राजधानीको होटलमा आज बिहान एमसीसीबारे पार्टीको एउटै धारणा बनाउन शीर्ष नेताहरुबीच छलफल भएको हो ।

उक्त छलफलमा आजै बस्ने सर्वदलीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा र नेताहरुले सार्वजनिक रुपमा दिने अभिव्यक्तिमा एकरुपता हुनुपर्ने विषयमा छलफल भएको छ । एमसीसीबारे समाजावादीले पहिलेदेखि नै लिदै आएको अडान परिवर्तन गर्न नहुने धारणा धेरैजसो नेताहरुले राखेका छन् । छलफलमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरु सहभागी भएका थिए ।