राजनीति

नौ वर्षीयका चर्चमा झुण्डिएको अवस्थामा फेला


काठमाडौँ – बुटबलमा भुण्डिएको अवस्थामा एक बालक फेला परेको छ । नौ वर्षीय आरएस खड्गी नाम गरिएको बालक चर्चमा झुण्डिरहेको अवस्थामा स्थानीयले भेटेका थिए ।

बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित राजेन्द्र गौतमको घरमा सञ्चालित चर्चमा मृतकका बुबा रजत खड्गी ध्यान गरिरहेको समयमा मृतकलाई भेटेको स्थानीयले जानकारी गराएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले भने शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ । भने यता स्थानीयले घटना शंकास्पद रहेको भन्दै छानविनको माग गरेका छन् ।