राजनीति

सर्वदलीय बैठक अघि गठबन्धनको बैठक बस्ने


काठमाडौँ – आईतबार सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालमा दुर्गा पौडेल सहभागी हुने बैठकमा राष्ट्रिय मुद्दामा साझा धारणा बनाउने बारे छलफल हुने छ ।

संसद् लामोसमयदेखि अवरोध हुँदा दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । गठबन्धनको बैठक सकिएपछि आज नै ४ बजे सर्वदलीय बैठक पनि बस्दैछ । सो बैठकमा संसद्को गतिरोध अन्त्य र मिलेनियम च्यालेञ्ज कर्पोरेसन ्(एमसीसी) बारे छलफल हुने छ । सर्वदलीय भनिएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकmपा एमाले भने सहभागी नहुने भएको छ ।