राजनीति

ढुक्क भएर मोर्डनाको खोप लगाउन स्वास्थ्य मन्त्रालयको अपील


काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइने भएपछि सबैलाई ढुक्क भएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो ।

केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने नियम बनाएको छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भएको हुँदा अनुमति पर्खदा खोप अभियानमा असर पर्न सक्ने र विद्यार्थी छुट्ने सम्भावना भएको हुँदा सबै विद्यार्थीलार्य खोप दिन मन्त्रालयले आपील गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले अनुमति लिन आवश्यक नभएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयले १२ देखि १७ वर्षसम्मका झण्डै १८ लाख बालबालिकालाई १४ गतेसम्म खोप लगाउने जनाएको छ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

unn.prixa.net