राजनीति

२३ सय ९३ मत गणना हुँदा कोको छन् अग्र स्थानमा ?


काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका लागि मतगणना जारी छ । खुलातर्फको कांग्रेस केन्द्रीय निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले लोकप्रिय मत ल्याएका छन् ।

कोइराला १९७१ मतका साथ पहिलो स्थानमा रहदा १५३८ मतसहित एनपी साउँद दोस्रो स्थानमा रहेका छन् । त्यस्तै तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ ल्याएका छन् । रमेश लेखक, उदयशमशेर राणा, शंकर भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की लगायतका पनि अग्र स्थानमा नै कायमै रहेका छन् ।

हिजो मध्यरातिसम्म २३ सय ९३ मत गनिएको थियो । आज खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिने कांग्रेस निर्वाचन समितिले जनाएको छ । खुला केन्द्रीय सदस्यको ३५ पदमा ९९ जना चुनावी मैदानमा छन् । कांग्रेस पदाधिकारीको मतगणना भने शुक्रबार नै सम्पन्न भएको थियो ।