राजनीति

सर्वदलीय बैठक आज बस्दै, एमाले भने सहभागी नहुने


काठमडौँ –संसदमा जारी अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बस्ने छ ।

प्रधानमन्त्री देउवाको सचिवालयले जनाएअनुसार बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । तर नेकपा एमालेले भने सर्वदलीय बैठकमा नजाने बताइसकेको छ । नेकपा एकीकृत समाजवादी अवैध रहेको र उक्त दल सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने भन्दै एमाले बैठकमा सहभागी नजनाउने भएको हो ।

विगत लामो समयदेखि एमालेले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । शुक्रवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउने लगायत विषयमा दलहरूबिच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।

यो पनि : सर्वदलीय बैठकमा एमाले सहभागी नहुने