खेलकुद

पुलिसलाई ३–१ ले पराजित गर्दै मनाङ शीर्ष स्थानमा, थ्री स्टार बराबरीमा रोकियो


काठमाडाैँ – शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल भएका छन् । जसअन्तर्गत पहिलो खेलमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबविरुद्ध १–० गोलले पराजित गर्दै जावलाखेलले पाँचौं चरणमा पहिलो जित निकाल्न सफल भएको हो । यस्तै अर्को खेलमा कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा उक्लिएको छ ।

पोखरा रंगशालामा आज विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै मनाङले ५ खेलमा १३ अंक जोडेको छ । मनाङले शीर्ष स्थानमा २ अंकको अग्रता समेत बनाएको छ । यस्तै आनै भएको तेस्रो खेलमा थ्री स्टार र न्यूरोड टिम एनआरटीले गोल रहित बराबरी खेलेका छन् ।