काठमाडौँ – बेलायत सरकारले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले लन्डन र क्यानबेराबीचको ब्रेक्जिटपछिको आर्थिक सम्बन्धलाई आकार दिने अधिकारीहरुले जनाएका छन् ।
जुन महिनामा दुई देशका प्रधानमन्त्रीबीच सम्झौताका लागि सहमति भएको थियो । जसअनुरुप दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकिएको छ । बेलायतले २०२० मा युरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गरी अब अन्य देशहरूसँगको व्यापारिक सम्बन्धलाई नयाँ आकार दिइरहेको छ ।


प्रतिक्रिया