देश

१२ देखि १७ वर्षकालाई भोलीबाट कोरोनाविरुद्धको खोप


काठमाडौँ – सरकारले भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ५७ जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।

यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा सञ्चालन गर्ने सरकारको तयारी रहेको छ ।।