राजनीति

आफ्नै कालमा मेलम्चीको पानी खुवाउने खानेपानीमन्त्री चौधरीको प्रतिवद्धता


काठमाडौँ – खानेपानीमन्त्री उमाकान्त चौंधरीले काठमाडौं बासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मन्त्री चौंधरीले केही समयअघि आएको बाढि र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाडौंबासीलाई अस्थायी रुपमा भएपनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताउनु भएको हो ।

चौंधरीले संविधानमा शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकाल भित्रै काठमाडौंबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताउनु भयो । मन्त्री चौंधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनु भयो ।