राजनीति

कांग्रेसमा खुलातर्फको ३५ केन्द्रीय सदस्य पदका लागि मतगणना जारी, शशांक अग्र स्थानमा


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज खुला तर्फको ३५ केन्द्रीय सदस्य पदका लागि मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा ६५ मत गन्दा सबैभन्दा धेरै डा. शशांक कोइरालाले प्राप्त गर्नुभएको छ । कोइरालाले ५९ मत प्राप्त गर्नुभएको छ ।

कोइराला १४ औं महाधिवेशनमा भने सभापति पदको आकांक्षी हुनुहुन्थ्यो । तर अन्तिममा केन्द्रीय सदस्यमा कोइरालाले उम्मेदवारी दिनुभएको थियो । यस्तै दोस्रो स्थानमा अर्जुन नरसिंह केसीले ४८, रामशरण महत, बालकृष्ण खाँण, शंकर भण्डारी र एनपी साउदले ४६, रामहरि खतिवडाले ४५, रमेश लेखकले ४३, ज्ञानेन्द्रबहादुर कार्कीले ४२ र उदयशम्शेर राणाले ४१ मत पाप्त गर्नुभएको छ ।

कांग्रेसमा खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना आजै साँझसम्म सक्ने निर्वाचन समितिको तयारी छ ।