काठमाडौँ – नेपालको छिमेकी मुलुक भारतमा ५६९ दिनपछिकै सवैभन्दा कम सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिले भारतमा सक्रिय सङ्क्रमितको संख्या ८४ लाख ५६५ पुगेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
उक्त संख्यालाई प्रतिशतमा हिसाव गर्दा अहिले भारतमा ०.२४ प्रतिशत हो । जुन गत मार्चपछिकै सबैभन्दा कम हो ।
पछिल्लो एक दिनमा कोभिडबाट भारतमा सात हजार १४५ जना नयाँ सङ्क्रमित थपिदा सोही अवधिमा कोरोनाका कारण अरू २८९ जनाको मृत्यु भएको छ ।
त्यस्तै आठ हजार ७०६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कूल सङ्ख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ ।
प्रतिक्रिया