राजनीति

काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु


काठमाडौँ — नेपाली काँग्रेस केन्द्रीय सदस्य ९खुलातर्फ० को मतगणना सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० : ३० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।