राजनीति

‘देउवालाई मेरो सल्लाह काम लाग्दैन, दुबै पद २ वर्ष पनि चलाउन सक्दैनन्’ (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट आगामी कार्यकालका लागि नेतृत्वदेखि पदाधिकारीसम्मका अधिकांश अनुहार चयन भइसकेका छन् । पदाधिकारीमा युवा पंक्तिकै वर्चश्व देखिएका बेला सभापति शेरबहादुर देउवासँग तालमेल मिलाएर पार्टी निर्माण गर्न भने चुनौतीपूर्ण देखिन्छ ।

नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनसहितको रुपान्तरण खोजेको पंक्तिका लागि सभापतिमा शेरबहादुर देउवाको पुनरागमनलेझस्काएको थियो । यथास्थितिमै काँग्रेस रोकिएको चिन्ताका बीच महामन्त्री लगायतका शक्तिशाली पदमा गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवाहरुको आगमन भएपछि अब काँग्रेस निरन्तरतासहितको रुपान्तरणमा अघि बढेको छ ।

र भोलीको काँग्रेसबारे परिकल्पना गर्न थालिएको छ । गत निर्वाचनमा पार्टी सभापति देउवाले सांसदको टिकट पनि नदिएका धनराज गुरुङलाई कार्यकर्ताले उपसभापतिमा निर्वाचित गराईदिएका छन् । गुरुङले वितेको पाँच बर्षमा देउवाको आलोचना गरेरै विताए पनि अब देउवासँगको सहकार्य मार्फत काँग्रेसलाई सफल बनाउने जिम्मेवारीमा पुगेका छन् । तथापी देउवाले गलत गरे नछाड्ने उनको दाबी छ ।
यसै सन्दर्भम योहो टेलिभिजनको योहो बहसमा उपसाभपतिमा प्रराजित कांग्रेस उम्मेदवार डा. चन्द्र भण्डारीसँग गरिएको कुराकानी :