कोरोना विशेष

‌ओ‌मिक्रोन सतर्कता : अमेरिका, मलेसियासहित ६७ देशबाट नेपाल आउनेले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने


काठमाडौँ — कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोन फैलिन नपाओस् भनेर सरकारले ६७ देशबाट नेपाल आउने यात्रुलाई अनिवार्य ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाएको छ ।

अध्यागमन विभागले शुक्रबार साँझ विज्ञप्ति जारी गरी अमेरिका, मलेसिया तथा धेरैवटा युरोपेली मुलुकसहित ६७ देशबाट नेपाल आउनेहरूले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको हो ।

विज्ञप्तिअनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्नेछ । तर नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् सूचना