राजनीति

काँग्रेसमा बा’को ब्याज खाने दिन गए : देउवाले ढालेको विरासत फर्किएन, शशांक नाकामी-शेखरको उदाय (भिडियोसहित)


काठमाडौँ — कुनै बेला राजाकै छोरा राजा हुने जस्तो परम्परा नेपाली काँग्रेसमा बसेको थियो । एकपछि अर्काे गर्दै कोइराला परिवारकै सदस्यहरुले पाँच दशक पार्टीमा राजकाज चलाए । तर अहिले विरासत र लिगेसीका आधारमा चल्ने काँग्रेसको राजनीतिमा परिवर्तन देखापरेको छ ।

सात दशकभन्दा लामो राजनीतिक इतिहास रहेको नेपाली कांग्रेसमा दुई तरिकाबाट नेतृत्व तय हुने गरेको छ । एउटा वंश र परम्परा, अर्काे वरिष्ठता । स्थापनाकालको ७० बर्षे अवधिमा कोइराला परिवारकै सदस्यले मात्रै वंश र परम्पराका आधारमा४९ बर्ष नेतृत्व सम्हालेका छन् । वीपीले २५ बर्ष, मातृकाप्रसादले४बर्ष, गिरिजाप्रसादले १४ बर्ष र सुशील कोइरालाले ६ बर्ष । त्यसबाहेकको बाँकी अवधिमा सूवर्णशम्सेरले २ बर्ष र कृष्णप्रसाद भट्टराईले २० बर्ष वरिष्ठताका आधारमा नेतृत्व गरेका थिए ।

त्यसपछि पनि कोइराला परिवारकै विरासतमा पार्टी चलेको थियो । तर सुशील कोइरालाको निधनपछि ०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट वरिष्ठताकै आधारमा शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । देउवाले तोडेको कोइरालाको विरासत १४ औं महाधिवेशन पछि पनि फर्किएन । कोइराला परिवारकै शेखरसँग चुनावी मैदानमा होमिएका देउवा पुनःनिर्वाचित भएपछि स्थापनाकालदेखि नै काँग्रेसभित्र चल्दै आएको कोइरालालिगेसी पनिअफ्ठ्यारो अवस्थामा छ ।१४ औं महाधिवेशनमा त बाँकी रहेको तीन कोइराला पनि तीनतिर बाँडिएका छन् ।

काँग्रेसमा १३औं महाधिवेशनपछि नै कोइराला पक्ष भन्ने शब्दावली लगलग हराएको छ । पाँच बर्षका लागि महामन्त्री भएका शशांक पिता वीपीकै लिगेसीमा बरालिएपछि कार्यकाल नाकामी बन्यो । पिता गिरिजाकै छत्रछाँया र ब्याज खाएर राष्ट्रिय राजनीतिमा हुर्किएकी सुजाताको छबी अब अस्ताउँदो अवस्थामा छ । यसलाई १४ औं महाधिवेशनमा उनले उपसभापतिमा पाएको मतले नै प्रमाणित गर्छ । तर शेखरको उदयलाई विरासत फर्काउने आधारमा मानिएको छ । तथापी १४ औं महाधिवेशनपछि उनले नेतृत्वमा दाबी नगर्ने संकेत गरेपछि काँग्रेसमा कोइरालाकै लिगेसी कायम रहन मूस्किल छ ।

उस्तै खाले लिगेसी महेन्द्र नारायण निधि र गणेशमान सिंहको पनि काँग्रेसमा छ । र उनका पुत्रहरु विमलेन्द्र निधि र प्रकाशमान सिंह १४ औं महाधिवेशन पछि विरासतकै आधारमा त्यसलाई झनै बलियो बनाउन चाहन्थ्ये । विडम्बना, लज्जास्पद मतका साथ चुनावी मैदानमा पछारिएपछि त्यो सम्भावनामाथि तुष परेको छ । फलतः काँग्रेसअहिले लिगेसीविहिन अवस्थामा छ ।

तीन संस्थापक नेताका लिगेसी र त्यसबाट बरालिएका उत्तराधिकारीको दृष्टान्तलाई हेर्दाअब काँग्रेसमा विरासत र लिगेसीकै आधारमा राजनीति गर्ने सपना सहज देखिदैन । १४ औं महाधिवेशनपछि देखिएका दृश्यहरुले त्यसलाई थप साबित गरेको छ ।