राजनीति

काँग्रेसमा जितेकाहरुको हुँकांर : देउवाले सेन्चुरी नहाने छोड्दैनौँ, गगन–विश्वप्रकाश झन चुनौतीमा (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट आगामी कार्यकालका लागि नेतृत्वदेखि पदाधिकारीसम्मका अधिकांश अनुहार चयन भइसकेका छन् ।पदाधिकारीमा युवा पंक्तिकै वर्चश्व देखिएका बेला सभापति शेरबहादुर देउवासँग तालमेल मिलाएर पार्टी निर्माण गर्न भने चुनौतीपूर्ण देखिन्छ ।

नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनसहितको रुपान्तरण खोजेको पंक्तिका लागि सभापतिमा शेरबहादुर देउवाको पुनरागमनलेझस्काएको थियो ।यथास्थितिमै काँग्रेस रोकिएको चिन्ताका बीच महामन्त्री लगायतका शक्तिशाली पदमा गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवाहरुको आगमन भएपछि अब काँग्रेस निरन्तरतासहितको रुपान्तरणमा अघि बढेको छ ।र भोलीको काँग्रेसबारे परिकल्पना गर्न थालिएको छ ।

महामन्त्रीमा दुईतिहाइ मतका साथ निर्वाचित भएका गगनले आगामी आम निर्वाचनसम्म १५ लाख समर्थक थप्ने महात्वाकांक्षी लक्ष्य बनाएका छन् ।सधैं सभापति देउवाको खरो प्रतिपक्षका रुपमा उत्रिएका उनी अब आफै पार्टी निर्माणको निर्णायक जिम्मेवारीमा छन् । भागबन्डा नभई काँग्रेसमा एजेन्डाले डो¥याउने हुँकार लगाएका उनलाई महाधिवेशन प्रतिनिधिले गुटभन्दा माथि राखेर दिएकोमतको सम्मान गर्दै अगाडि बढ्नुको विकल्प छैन ।उस्तै दबाबका बीच पार्टी निर्माणको कार्यकारी चाबी विश्वप्रकाश शर्माले समेत बुझेका छन् ।महामन्त्रीमा निर्वाचित भएका शर्मालाई भाषण जत्तिकै स्पष्ट काम गर्नुको विकल्प छैन ।

गत निर्वाचनमा पार्टी सभापति देउवाले सांसदको टिकट पनि नदिएका धनराज गुरुङलाई कार्यकर्ताले उपसभापतिमा निर्वाचित गराईदिएका छन् । गुरुङले वितेको पाँच बर्षमा देउवाको आलोचना गरेरै विताए पनि अबदेउवासँगको सहकार्यमार्फतकाँग्रेसलाई सफल बनाउने जिम्मेवारीमा पुगेका छन् । तथापी देउवाले गलत गरे नछाड्ने उनको दाबी छ ।

नेतृत्वबाहिर रहँदा पार्टीको प्रतिपक्ष बनेर घुर्की लगाएको युवा पंक्तिलाई अब आलोचना गरेरै बस्न छुट छैन ।पाका देउवासँग सन्तुलन मिलाएर जानुपर्ने चुनौती उनीहरुलाई छ ।आम मानिसले कांग्रेसको असल आत्मा पार्टीभित्रको युवा पंक्ति मानिरहँदा बदलावको नेतृत्व गर्न उनीहरुलाई रुचाएका छन् । तर बुढाको होश र युवाको जोश कसरी सम्हालिन्छ त्यसले थप मार्ग तय गर्नेछ ।

कुनै होटलको कोठामा बसेर तयार पारेको लिस्ट हुन्थ्यो भने काँग्रेसमा विजयकुमार गच्छदारहरु नेतृत्वमा पुग्दा गगन र विश्वप्रकाश जस्ता नेताहरु उतै हराउँथे । तर चार हजार ६ सय बढी प्रतिनिधिलाई स्वतन्त्र विवेकको प्रयोग गर्न दिएपछि उनीहरुले रोजेकै व्यक्ति छानेर नेतृत्वमा पु¥याएका छन् ।र भोलीको नेतृत्वका लागि तयार रहन सन्देश पनि दिएका छन् ।