राजनीति

मैले हारेपनि एजेण्डाले जित्यो, गगन र विश्वप्रकाशलाई सहयोग गरेर अगाडि बढ्छु : प्रदीप पौडेल


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदीप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले पार्टीलाई सुदृढ र संगठित बनाइ अघि बढाउन सधैं साथ दिने बताए । नेपाली कांगे्रसमा पुस्तान्तरण भएको भन्दै पौडेलले वैचारिक रुपान्तरणका लागि विजयी पदाधिकारीहरुले नेतृत्व लिने विश्वास आफूले लिएको बताए ।

‘म उहाँहरुलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने, संगठित बनाउने र अगाडि बढाउने कुरामा सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाली कांगेसमा पुस्तान्तरण भएको छ । अब वैचारिक रुपान्तरणका निम्ति साथीहरुले प्रयास गर्नुहुनेछ नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु’ उनले भने ।