राजनीति

खस-आर्य तर्फको सहमहामन्त्रीमा राठौर निर्वाचित


काठमाडौँ — नेपाली काँग्रेसको खस—आर्यतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका किशोरसिह राठौर निर्वाचित भएका छन् ।

शुक्रबार आएको सहमहामन्त्रीको मत परिणाम अनुसार राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन् । राठौर २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन् ।