राजनीति

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित


काठमाडौँ — नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार उमाकान्त चौधरीले २६७८ पाए भने तेजुलाल चौधरीले १८३७ मत पाएका छन् । कुल ४६८७ मत खसेको थियो ।

उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।