काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पिछडिएको क्षेत्र समूहबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन् । पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शेरबहादुर देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् ।
शेखर कोइराला समूहबाट उम्मेदवारी दिएका पाण्डेले २४११ मत ल्याउँदै जित दर्ता गराएका हुन् । देउवा प्यानलका शाहीले २१३३ मत ल्याउन सफल भएका छन् । उता चेतराज बरालले ९९ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ ।
योसँगै कोइराला प्यानलबाट सहमहामन्त्रीमा दुई जना विजयी भएका छन् । यसअघि दलितको क्लस्टरबाट जीवन परियार विजयी भइसकेका छन् । मतगणना भइरहेका मधेशी र थारु क्लस्टरमा पनि देउवा समूहका उम्मेदवारको अग्रता छ ।


प्रतिक्रिया