राजनीति

देउवा र प्रचण्डबीच सर्वदलीय बैठक बोलाउने सहमति


काठमाडौँ – शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने सहमति भएको छ ।

सदन सुचारू गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले उल्लेख गरेकी छन्। देउवा र प्रचण्डबीच भएको सहमतिबारे फेशबुकमार्फत् जानकारी गराउँदै दाहालले लेखिकी छिन्,“सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो ।

भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।