राजनीति

बाँकी पाँच सह–महामन्त्रीको मत गणना जारी


काठमाडौँ – नेपाली कांग्रेसको निर्वाचन अन्तर्गत सह–महामन्त्रीको बाँकी रहेको क्लष्टरको मतगणना शुक्रबार ९ बजेबाट सुरु भएको छ । मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू र खस–आर्यको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये ३ क्लष्टरको परिणाम सार्वजनिक भइसकेको छ । जसमा आदिवासी जनजाति, महिला र दलितबाट क्रमशः भिष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय डिना र दलिततर्फ जीवन परियार निर्वाचित भइसक्नु भएको छ ।

सह–महामन्त्री खसआर्यमा किशोरसिंह राठोर र देवराज चालिसे उम्मेदवार छन् । यस्तै मधेसीबाट महेन्द्र यादव र रामकृष्ण यादव उम्मेदवार छन् । थारुबाट उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा मुस्लिमबाट फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिस्पर्धामा छन् । यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।