राजनीति

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, राजदूतहरू नियुक्ति बारे छलफल


काठमाडौँ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । कांग्रेसको सभापतिमा दोस्रो पटक निर्वाचित भएका देउवालाई प्रचण्डले भेटेर सफल कार्यकर्ताको शुभकामना दिनुभएको छ ।

देउवा सभापतिमा निर्वाचित भएलगत्तै टेलिफोनमार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिनुभएको हो । आजको भेटमा राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको छ ।