राजनीति

प्रमुख प्रतिपक्षी एमालेले पार्टी प्रवेश अभियान चलाउने


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा विकास गर्ने भन्दै एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवेश अभियान र १०औं महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प्राप्त पार्टी बन्ने एमालेले दाबीसमेत गरेको छ । एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले एउटा ध्रुवको नेतृत्व गरेको र अर्को ध्रुवको नेतृत्व पाँचदलीय सत्ता गठबन्धनले गरेको जनाएको छ ।

सत्ता गठबन्धनको गतिविधिको सामना गर्ने र आफ्नो शक्तिलाई थप सुदृढ बनाउन सफल हुने एमालेले जनाएको छ । पार्टी र पार्टीको मुख्य नेतृत्वका विरुद्धमा घेराबन्दी र आक्रमण भइरहेको एमालेको ठम्याइ छ ।